०३ साउन २०८३, आइतबार

बंगलादेश प्रिमियर लिगका खेलहरू ५ दिनका लागि स्थगित

पुस १६, २०८२
काठमाडौं
बंगलादेश प्रिमियर लिगका खेलहरू ५ दिनका लागि स्थगित

बंगलादेश प्रिमियर लिग (बीपीएल) को जारी सिजनका खेलहरू पाँच दिनका लागि स्थगित गरिएको छ ।​

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनका कारण बीपीएलका खेलहरू स्थगित गरिएको हो । पूर्वप्रधानमन्त्री जियाको मंगलबार बिहान ८० वर्षको उमेरमा ढाकामा निधन भएको थियो ।

पूर्वप्रधानमन्त्री जियाको निधनका कारण बीपीएलको मंगलबारका खेल पनि रद्द गरिएको थियो । अब जनवरी ४ तारिखदेखि बीपीएलका खेलहरू सुचारु हुने आयोजकले जनाएको छ ।

प्रभावशाली नेपाली लेग–स्पिनर सन्दीप लामिछानेले पनि बीपीएलको १२औं संस्करण खेल्दैछन् । उनी राजशाही वारियर्स टोलीमा आबद्ध छन् ।

जारी सिजनको बीपीएलमा सन्दीपले तीन विकेट लिइसकेका छन् । सन्दीप आबद्ध क्लब राजशाही वारियर्स तीन खेलबाट चार अंक बटुल्दै तालिकाको पहिलो स्थानमा आसीन छ ।

एक खेलबाट दुई अंक जोडेको रंगपुर राइडर्स दोस्रो र दुई खेलबाट दुई अंक बटुलेको चटगाउँ रोयल्स तेस्रो स्थानमा छन् ।

यसैगरी, एक खेलबाट दुई अंक हात पारेको ढाका क्यापिटल्स चौथो, दुई खेलबाट दुई अंक जोडेको सिल्हेट टाइटन्स पाँचौं र तीनवटै खेलमा पराजित भएको नोआखाली एक्सप्रेस छैटौं स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्