०३ साउन २०८३, आइतबार

बङ्गलादेशको आवासीय भवनमा आगलागी : ६ जनाको मृत्यु, १३ घाइते

माघ २, २०८२
काठमाडौं
बङ्गलादेशको आवासीय भवनमा आगलागी : ६ जनाको मृत्यु, १३ घाइते
फाइल फोटो

बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

'फायर सर्भिस' र 'सिभिल डिफेन्स कन्ट्रोल रुम'का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उद्धृत गर्दै छ तले आवासीय भवनको पहिलो तलामा स्थानीय समय अनुसार बिहान ७ः५४ मा आगलागी भएको सिन्ह्वाले जनाएको छ ।

अग्नि नियन्त्रकहरूको सक्रियतामा करिब बिहान १० बजे आगो नियन्त्रणमा लिएपछि तीन जनाको शवको बरामद गरिएको जनाइएको छ ।

ढाकाको प्रहरीका ड्युटी अफिसर नजमुल शकिबले आगलागीका कारण घाइते भएकाहरूलाई उपचारको लागि अस्पतालमा लगेपछि अन्य तीन जनाको मृत्यु भए पछि मृतकको सङ्ख्या छ पुगेको बताए ।

उनीहरू बाहेक अन्य १३ जना घाइते मध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएका छन् ।

आगलागीको कारण अझै अज्ञात छ ।

salt training

कमेन्ट गर्नुहोस्