२२ जेठ २०८३, शुक्रबार
पुरानो जल्यो, नयाँ अझै तयार भएन

सिंहदरबारमा बन्दै गरेको भवनमा संसद् बैठक चलाउने तयारी, कसरी भइरहेको छ काम ? [भिडियो स्टोरी]

माघ १४, २०८२
काठमाडौं

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको समयमा चुनावपछि बैठक बस्ने संसद भवनको टुंगो लाग्न सकेको छैन ।

सिंहदरबारमा निर्माणाधीन संसद् भवनमै बैठक राख्ने ढंगले तयारी भए पनि काम पूरा हुने/नहुने अन्योल छ ।

यसअघि ५ पटक म्याद थप गर्दा समेत काम पूरा हुन नसकेपछि छैटौंपटक म्याद थपको तयारी भइरहेको छ ।

संघीय संसद्का दुवै सदन र संसद् सचिवालय समेत सार्ने गरी सिंहदरबारको पुतली बगैँचामा संसद् भवनको काम भइरहेको छ ।

null

शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख रोशन श्रेष्ठले ४५ दिनभित्र प्रतिनिधिसभाका लागि हल तयार गर्ने गरी काम भइरहेको बताए ।

‘अरू सबै काम छाडेर पनि अबको ४५ दिनमा प्रतिनिधि सभा बैठक बस्ने हल र त्यस भित्र आवश्यक सबै काम गरिसक्ने गरी निर्माण कम्पनीसँग कुरा भएको छ,’ श्रेष्ठले लोकान्तरसँग भने ।

भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका कारण बानेश्वरस्थित संसद् भवन जलेपछि बैठक बस्ने ठाउँको अन्योल भएको थियो । राष्ट्रिय सभा संसद् सचिवालयको पुरानै ठाउँमा बसेको छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्