२१ असार २०८३, आइतबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ १५, २०८२
काठमाडौं
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा संगीतासिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानका लागि सीटी स्क्यान मशिन खरिद गर्दा गुणस्तरहीन तथा सर्त एवं मापदण्डविपरीत आपूर्ति गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​ साथै आयोगले एक कम्पनी हिमालयन मेडिटेक प्रालिलाई पनि प्रतिवादी बनाएको छ ।

प्रतिष्ठानका लागि सीटी स्क्यान मशिन खरिद गर्दा उनीहरूले ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँको गैरकानूनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कामु रजिस्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाद देव र तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बीसी, बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आशुतोष भण्डारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

त्यसैगरी,  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका तत्कालीन शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, तत्कालीन लेक्चरर डा श्रीसिया पोखरेल, आईटी अफिसर हिरालाल भण्डारीलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

त्यसैगरी, प्रतिष्ठानका तत्कालीन लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाही, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र स्टाफ नर्स विन्दु पौडेललाई प्रतिवादी कायम गरिएको छ ।

त्यसैगरी, हिमालयन मेडिटेक प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारलाई पनि प्रतिवादी कायम गरिएको छ ।

तत्कालीन उपकुलपति प्राडा संगीतासिंह भण्डारीविरुद्ध आयोगले यस अघि पनि दायर गरेको एउटा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।​

यस्तो छ अभियोग पत्र : 

salt training

कमेन्ट गर्नुहोस्