०९ साउन २०८३, शनिबार

टी–२० विश्वकप क्रिकेट : पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गरेको औपचारिक जानकारी आईसीसीलाई नदिने

माघ २०, २०८२
काठमाडौं
टी–२० विश्वकप क्रिकेट : पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गरेको औपचारिक जानकारी आईसीसीलाई नदिने

आगामी आईसीसी पुरुष टी–२० विश्वकपलाई लिएर दुई चिरप्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबीच शुरू भएको विवादले नयाँ मोड लिएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेपछि विश्व क्रिकेट तरंगित बन्न पुगेको थियो । पीसीबीको उक्त घोषणापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पनि तनावमा परेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई चिरप्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबीचको खेललाई आर्थिक रूपमा पनि महत्वपूर्ण मानिन्छ । आगामी विश्वकपमा भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी १५ तारिखमा खेलिने कार्यक्रम थियो ।

यो विषयलाई लिएर आईसीसीका पदाधिकारीले पीसीबीसँग छलफल पनि गरिरहेको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) भने आईसीसीले यस विषयमा औपचारिक जानकारी गराएपछि मात्र थप निर्णय लिने प्रतिक्षामा थियो ।

तर, अहिले आएर पीसीबीले भारतविरुद्धको खेल बहिस्कार गरेको निर्णय आईसीसीलाई औपचारिक रूपमा नगराउने भएको छ । पाकिस्तानी टोलीको सबै खेल श्रीलंकामा खेलिँदैछ । त्यसैले पाकिस्तानी टोली विश्वकप खेल्न कोलम्बो जानेछ ।

कोलम्बोमा पाकिस्तानी टोलीले नेदरल्यान्ड्स, अमेरिका र नामिबियाविरुद्धको खेल पनि खेल्नेछ । तर, भारतविरुद्धको खेलका लागि भने पाकिस्तानी टोली मैदानमा ओर्लने छैन । तर, पीसीबीले विश्वकप शुरू हुनुअघि यसको औपचारिक जानकारी आईसीसीलाई गराउने छैन ।

विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले यसअघि नै सुरक्षाको कारण देखाएर भारतमा कुनै पनि खेल नखेल्ने निर्णय लिँदै विश्वकप बहिस्कार गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्