०५ साउन २०८३, मंगलबार

वेस्ट इन्डिजविरुद्ध नेपालको खराब शुरूआत

फागुन ३, २०८२
काठमाडौं
वेस्ट इन्डिजविरुद्ध नेपालको खराब शुरूआत

टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले कमजोर शुरूआत गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्न आएको नेपालले पावरप्लेमै तीन विकेट गुमाएको हो । 

ओपनर कुशल भुर्तेल पहिल्यै ओभरको पाँचौँ बलमा १ रनमै आउट भएका थिए । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि सस्तैमा पेवेलियन फर्किए । उनी ५ रन बनाएर आउट भए ।  

तेस्रो विकेटकोरूपमा नेपालले अर्का ओपनर आशिफ शेखलाई गुमायो । उनी ११ रन बनाएर आउट भए । 

अहिले क्रिजम दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् । ६ ओभरको समाप्तिमा नेपालले ती विकेट गुमाएर २२ रन बनाएको छ । 

यसअघि पहिलो खेलमा इंग्ल्यान्डलाई कडा टक्कर दिए पनि ४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको थियो । 

नेपालले अब अन्तिम खेल स्कटल्यान्डसँग खेल्न बाँकी छ । 

कमेन्ट गर्नुहोस्