०३ साउन २०८३, आइतबार
संसद् विघटनविरुद्धको मुद्दा

संसद् विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारेख

फागुन ८, २०८२
काठमाडौं
संसद् विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारेख

सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका रिटका विषयमा फागुन २२ गते साधारण तारेख तोकेको छ ।

सर्वोच्च अदालतले त्यस दिन रिट निवेदकहरूलाई साधारण तारेखमा बोलाएको हो । त्यतिबेला रिट निवेदकले मुद्दाको बाँकी सुनुवाइका लागि अंग पुर्‍याएर पेस भएमा पेसी निर्धारण गरिनेछ । नत्र अर्को तारेखमा बोलाइनेछ । 

सर्वोच्च प्रशासनबाट आफूहरूलाई फागुन २२ गतेलाई साधारण तारेखको जानकारी आएको अधिवक्ता कृतिनाथ शर्मा पौडेलले लोकान्तरलाई बताए । 

फैसलाको लागि आवश्यक प्रमाण नपुगेमा साधारण तारेखमा बोलाउने कानूनी अभ्यास छ । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गर्दै प्रतिनिधिसभा विघटन गरिएको थियो ।

सोहीबेला तोकिएको मिति अनुसार यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । अहिले निर्वाचनको तयारी तीब्र पारिएको छ । 

संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमाले, नेपाली कांग्रेसको (तत्कालीन संस्थापन पक्ष)ले समेत सर्वोच्चमा रिट दायर गरेका थिए । यस विषयमा सर्वोच्चमा दर्जन बढी रिट परेको छ । 

सर्वोच्चले यसअघी संसद् विघटनसम्बन्धी सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भनेको थियो । 

कांग्रेसले मंसिर २३ र एमालेले मंसिर १० मा रिट दायर गरेका थिए । त्यसभन्दा अघि कानून व्यवसायीका तर्फबाट १२ थान रिट दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्