
पाकिस्तानमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता ५.६ मापन गरिएको छ भने गहिराइ ७३ किलोमिटर रहेको जनाइएको छ। यसको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा रहेको थियो।
साँझ ६:१० बजे धक्का महसुस भएको बताइएको छ। भूकम्प पाकिस्तानका विभिन्न स्थानमा महसुस गरिएको थियो।
प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो क्षति भएको सूचना छैन। तर अचानक आएको धक्काले सर्वसाधारणमा केहीबेर त्रास फैलिएको थियो।