०३ साउन २०८३, आइतबार

गौरमा आज पनि कर्फ्यू, बिहान २ घण्टा भने खुकुलो पारियो

फागुन १०, २०८२
काठमाडौं
गौरमा आज पनि कर्फ्यू, बिहान २ घण्टा भने खुकुलो पारियो

रौतहटको गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश भने केही खुकुलो पारेको छ । 

आइतबार बिहान ६:३० देखि ८:३० बजेसम्म कर्फ्यू केही खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन । 

अनिबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु अर्को आदेश नआउँदासम्म निरन्तर रहनेछ । 

कर्फ्यु गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालवकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म जारी गरिएको छ । 

पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ ।

वडा नम्बर ६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यू आदेश जारी भएको हो । 

null
 

salt training

कमेन्ट गर्नुहोस्