०४ साउन २०८३, सोमबार

अमेरिकाको पूर्वी तटमा तीन फिटसम्म हिउँ जम्यो, ६ लाख बढी घरमा बिजुली आपूर्ति अवरुद्ध [तस्वीरहरू]

फागुन १२, २०८२
काठमाडौं
अमेरिकाको पूर्वी तटमा तीन फिटसम्म हिउँ जम्यो,  ६ लाख बढी घरमा बिजुली आपूर्ति अवरुद्ध [तस्वीरहरू]

अमेरिकाको पूर्वी तटमा ठूलो आँधी र रेकर्ड तोड्ने हिमपातले लाखौं मानिसहरूलाई असर गरेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागहरूमा लगभग ३७ इन्च हिउँ परेको छ, जबकि न्यूयोर्क शहरको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेको बीबीसीले जनाएको छ । 

null

न्यूयोर्कमा यात्रा लगभग असम्भव छ । पूर्वी तटमा रहेका ६ लाखभन्दा बढी घर र व्यवसायमा बिजुली आपूर्ति अवरुद्ध भएको छ, जसमा न्यू जर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएको समाचारमा उल्लेख छ । 

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार, अमेरिकाभित्र र अमेरिका जाने ५ हजार ७०६ भन्दा बढी उडानहरू रद्द गरिएका छन् ।

null

बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार ९२ प्रतिशत प्रस्थान उडानहरू रद्द गरेको छ । हिउँले मंगलबार पनि यस क्षेत्रमा प्रभाव पार्ने समाचारमा उल्लेख छ ।

null

null

null

null

तस्वीरहरू : एपी

salt training

कमेन्ट गर्नुहोस्