
इरानी वायुसेनाले मध्य पूर्वमा अमेरिकी बेसलाई निशाना बनाएको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार, इरानी वायुसेनाले मध्य पूर्वमा अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको हो ।
इरानले आफ्ना लडाकु विमानहरूले खाडी देशहरू र इराकको कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूलाई निशाना बनाएको बताएको छ।
साउदी अरबको राजधानी रियादको पूर्वी भागमा विस्फोटको सुनिएको थियो। समाचार एजेन्सी एएफपीका अनुसार, स्थानीय बासिन्दाहरूले धेरै ठूला विस्फोटहरू सुने र आकाशमा धुवाँ उडिरहेको देखे ।
इरानको क्षेप्यास्त्र आक्रमणपछि कतारको राजधानी दोहामा धुवाँको कालो बादल लागेको छ । ओमानको तटमा तेल ट्याङ्करमा आक्रमण भएको छ ।
हमलामा चार जना घाइते भएका छन् । बोर्डमा रहेका २० जनाको सम्पूर्ण चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
ओमानको दुक्म बन्दरगाहमा दुई ड्रोन आक्रमण भएका छन् । एउटा ड्रोन कामदारहरूको क्वार्टरमा ठोक्किएको छ, जसमा एक विदेशी कर्मचारी घाइते भएका छन् । अर्को ड्रोनको भग्नावशेष इन्धन ट्याङ्की नजिकै खस्यो, तर कुनै ठूलो क्षति भएन ।
इरानले आज दुबईको जेबेल अली बन्दरगाहमा आक्रमण गरेको छ। इरानले यसअघि साउदी अरेबियाको राजधानी रियादमा आक्रमण गरेको थियो ।