०३ साउन २०८३, आइतबार

१०९ क्षेत्रमा रास्वपाको अग्रता, कांग्रेस १२ र एमाले ११ क्षेत्रमा अगाडि

फागुन २२, २०८२
काठमाडौं
१०९ क्षेत्रमा रास्वपाको अग्रता, कांग्रेस १२ र एमाले ११ क्षेत्रमा अगाडि

बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । 

निर्वाचन आयोगका अनुसार हालसम्म ६ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसमा रास्वपा तीन‚ नेपाली कांग्रेस दुई र नेकपाले एक सिटमा चुनाव जितेका छन् । यद्यपि एक क्षेत्रको पनि औपचारिक घोषणा हुन बाँकी छ । त्यसो हुँदा कांग्रेसको सीट संख्या तीन पुग्नेछ । 

रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित भइसकेका छन् । आयोगले औपचारिक घोषणा गर्न बाँकी छ । 

 निर्वाचन आयोगको तथ्यांक अनुसार हालसम्म १०९ क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको छ । 

त्यस्तै, नेपाली कांग्रेसले १२ वटा क्षेत्रमा अग्रता कायम गर्दा नेकपा एमालेले ११ क्षेत्रमा अग्रता कायम गरेको छ । 

यसका साथै नेकपाले पनि ६ क्षेत्रमा अग्रता कायम गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्