हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका पाँच जिल्लामा अग्रता कायम गरेको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार स्वयं साम्पाङसहित पाँच उम्मेदवारले अग्रता कायम गरेका हुन् ।
विवरण अनुसार साम्पाङले सुनसरी क्षेत्र नम्बर १ मा ६ हजार २७९ मत पाएर अग्रता बनाएका छन् । यहाँ दोस्रो स्थानमा रहेकी रास्वपा उम्मेदवार गोमा तामाङले ५ हजार ३३३ मत पाएकी छन् ।
यस्तै, पाँचथर जिल्लामा पनि श्रम संस्कृतिकै उम्मेदवार अगाडि छन् । यहाँ हस्तराज शेर्माले ४ हजार ९२९ मत पाएका छन् । दोस्रोमा रहेका कांग्रेस उम्मेदवार नरेन्द्र केरुङले ४ हजार ३२२ मत पाएका छन् ।
इलाम क्षेत्र नम्बर १ मा पनि श्रम संस्कृतिकै अघि छन् । विनोद नेम्वाङ लिम्बुले १ हजार ७२० मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार निश्कल राईले १ हजार ७१७ मत पाएका छन् ।
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले ३ हजार ७७१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका एमालेका शेरधन राईले ३३९४ मत पाएका छन् ।
खोटाङमा श्रम संस्कृतिका आरेन राईले ४७७४ मत पाउँदा कांग्रेसका वीरकाजी राईले ४३७२ मत पाएका छन् ।
