०३ साउन २०८३, आइतबार
प्रतिनिधि सभा निर्वाचन

गुल्मी–२ मा रास्वपाका पन्थी निर्वाचित, ४९६ मतले हारे गोकर्ण विष्ट

फागुन २३, २०८२
बुटवल
गुल्मी–२ मा रास्वपाका पन्थी निर्वाचित, ४९६ मतले हारे गोकर्ण विष्ट

गुल्मी क्षेत्र नम्बर २ मा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी विजयी भएका छन् । 

शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार पन्थी ४९६ मत अन्तरले विजयी भएका हुन् । 

पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले १६ हजार ३८२ मत प्राप्त गरे ।

विष्ट यहीँ क्षेत्रबाट २०७०, २०७४ र २०७९ को चुनाव जितेर ह्याट्रिक गरेका थिए ।  

कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ७९ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्