०३ साउन २०८३, आइतबार
रुकुम पश्चिममा दु:खद् घटना

बिहे हेर्न गएका दुई किशोरीको शव नदीमा भेटियो, अर्की एक बेपत्ता

फागुन २६, २०८२
काठमाडौं
बिहे हेर्न गएका दुई किशोरीको शव नदीमा भेटियो, अर्की एक बेपत्ता

रुकुम पश्चिममा बिहे हेर्न गएका तीन युवतीमध्ये दुई जनाको शव भेटिएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ भाग्ने नजिकै सानोभेरी नदीमा उनीहरूको शव भेटिएको हो । 

१४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको शव नदीमा भेटिएको रुकुम पश्चिमका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार शुरूमा उर्मिलाको शव भेटिएको थियो । उनको शव भेटिएको एक/डेढ मिटर तल कल्पनाको शव भेटिएको डीएसपी पौडेलले बताए । 

उनीहरूसँगै बिहे हेर्न गएकी  १४ वर्षीया सपना ओली बेपत्ता छन् । उनीहरू सोमबार बेलुका पारिपट्टीको गाउँमा रहेको आफन्तको बिहे हेर्न गएका थिए । बिहे हेरेर घर फर्किने क्रममा उनीहरू पुल नतरेर गाडी वारपार गर्न बनाइएको नदीको बाटो फर्किएका थिए ।  

त्यसैबेला उनीहरूलाई नदीले बगाएको आशंका गरिएको छ । बिहे हेर्न उनीहरू मंगलबार बिहानसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । त्यसक्रममा शुरूमा उर्मिलाको शव भेटिएको थियो । 

बेपत्ता सपनाको खोजी भइरहेको डीएसपी पौडेलले बताए । ‘हामीले तीनै जनाका आफन्तसँग कुरा गर्‍यौं, नानीहरू नदीपारी बिहे हेर्न गएका रहेछन्’, पौडेलले लोकान्तरसँग भने, ‘सपनाको अझै खोजी गरिरहेका छौं । यस विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्