०३ साउन २०८३, आइतबार
रास्वपा सांसदको अभिमुखीकरण

सांसदहरूलाई रविको निर्देशन- ‘राइट टु रिकल’को व्यवस्था सम्झनुहोला, कडाइका साथ लागू हुन्छ

चैत ४, २०८२
काठमाडौं
सांसदहरूलाई रविको निर्देशन- ‘राइट टु रिकल’को व्यवस्था सम्झनुहोला, कडाइका साथ लागू हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरूलाई ‘राइट टु रिकल’को व्यवस्था सम्झिन भनेका छन् । उनले पार्टी विधानमा भएको यो व्यवस्था कडाइका साथ लागू गर्ने बताएका छन् ।

नवनिर्वाचित रास्वपा सांसदहरूका लागि आयोजना भएको अभिमुखीकरण कार्यक्रममा बुधबार सभापति लामिछानेले पार्टी अनुशासन नभुल्न निर्देशन दिएका हुन् । 

कोही अभियन्ता, कोही सामाजिक क्षेत्र लगायत फरक-फरक पृष्ठभूमिबाट आएको भन्दै उनले पार्टीभित्र मर्यादित र अनुशासित हुन निर्देशन दिए । 

‘सरकार दुई तिहाइको छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको पर्वाह नगरी रास्वपाले जन्मदेखि आफ्नो विधानमा व्यवस्था गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्ने छ‚’ उनले भने‚ ‘एउटा स्वतन्त्रा हुन्छ, एउटा अनुशासन हुन्छ । यो बीचमा पातलो रेखा हुन्छ । तपाईंहरूको स्वतन्त्रता हनन् गर्ने कुनै पनि उद्देश्य मेरो छैन । स्वतन्त्रता अनुशासित भएर प्रयोग गर्नुहोस् । पार्टीको विधान र व्यवस्था ख्याल गर्नुस् ।’

उनले पार्टी अनुशासनका लगि स्थापित भएको भन्दै पार्टीले अनुशासन कडाइका साथ पालना गराउने स्पष्ट पारे । ‘पार्टी ठूलो भएको छ, अनुशासन भएन भने अर्कै किसिमको अराजकता सिर्जना गर्न सक्छ‚’ उनले भने ।

साथै लामिछानेले सबै सांसदले पार्टीमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ भन्ने ‘म केन्द्रित’ राजनीतिबाट बाहिर उठ्नु पर्ने पनि बताए । 

‘बाहिर उठ्न सकिएन, देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुरानो राजनीतिक दलको नेताभन्दा खराब हुन्छ । यो कुरा म डे वानमा बताउन गइरहेको छु‚’ उनले भने, ‘कुनै पनि बिचौलियाको पानी वा चिया खानुभन्दा अगाडि सहिदकी आमालाई सम्झनुहोला । आफ्नो छोरो चढाएर संसद् छिरेकी छन् सहिदकी आमा ।’

salt training

कमेन्ट गर्नुहोस्