२१ असार २०८३, आइतबार

नगरकोटको सडकमै भ्लगरलाई कुट्ने गर्ने कार चालक पक्राउ

चैत ५, २०८२
काठमाडौं
नगरकोटको सडकमै भ्लगरलाई कुट्ने गर्ने कार चालक पक्राउ

दुईजना भ्लगरलाई कुटपीट गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरस्थित नगरकोट जाने सडकमा जथाभावी ओभरटेक गरेको विषयमा विवाद हुँदा भ्लगरद्वय मोटरसाइकल चालक विशाल तामाङ र लक्सकुमार राईलाई कुटपीट गर्ने कार चालक गणेशबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत शनिबार सडकमा एक्कासि तामाङले अपशब्द प्रयोग गर्दै विशाल र लक्सकुमारलाई कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भक्तपुरलाई जिम्मा लगाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्