०४ साउन २०८३, सोमबार

प्यालेस्टाइनको उजुरीपछि फिफाले गर्‍यो इजरायल फुटबल संघमाथि कारवाही

चैत ६, २०८२
काठमाडौं
प्यालेस्टाइनको उजुरीपछि फिफाले गर्‍यो इजरायल फुटबल संघमाथि कारवाही

प्यालेस्टाइन फुटबल संघ (पीएफए)को उजुरीका आधारमा विश्व फुटबल महासंघ (फिफा)ले इजरायली फुटबल संघलाई एक लाख ४१ हजार सात सय पाउण्ड जरिवाना तिराउने निर्णय गरेको छ ।

इजरायली फुटबल संघले आफूमाथि भेदभाव र जातीय दूर्व्यवहार गरेको उजुरी पीएफएले सन् २०२४ को मेमा आयोजित फिफाको ७४औँ साधारणसभामा दर्ता गराएको थियो । सोही उजुरीमाथि छानबिनपछि फिफाले इजरायली फुटबल संघलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

फिफाले इजरायली फुटबल संघलाई आगामी दिनमा आफ्नो आचरण सुधार्न गम्भीर चेतावनी पनि दिएको छ । फिफाका अनुसार, इजरायली फुटबल संघले फिफा अनुशासन संहिताको धारा १३ र १५ उल्लंघन गरेको पुष्टि भएको छ ।

धारा १३ मा आपराधिक व्यहार र निष्पक्ष खेलको सिद्धान्तको उल्लंघन र धारा १५ मा भेदभाव र जातिवादी दूर्व्यवहारको विषयमा उल्लेख गरिएको छ ।

इजरायल फुटबल संघले आगामी तीन घरेलु खेलमा आफ्नो लोगोसँगै ‘फुटबलले विश्वलाई एकताबद्ध गर्छ : भेदभावलाई निषेध गर्छ’ भन्ने नारा लेखिएको ठुला ब्यानरहरू पनि राख्नु पर्नेछ ।

यसका अतिरिक्त, इजरायल फुटबल संघले आगामी दिनमा भेदभावका घटनाहरू रोक्न विशेष कार्यक्रम पनि सञ्चालन गर्नु पर्नेछ ।

यसैबीच, प्यालेस्टाइन फुटबल संघले मध्य–पूर्वमा जारी द्वन्द्वका कारण यसै महिनाको अन्त्यमा मोरक्कोमा खेल्ने तय भएको मौरिटानिया र बेनिनविरुद्धको खेल रद्द गरिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्