२८ असार २०८३, आइतबार

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

चैत ९, २०८२
काठमाडौं
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
फाइल फोटो

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

यही चैत १० गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र त्यसबाट कांग्रेसको पक्षमा आएको नतिजाबारे समीक्षा हुने छ। ‘बैठक सभापति गगन थापा नेतृत्वमा बस्छ,’ उनले भने ।

केही दिन अघि पार्टी सभापति गगन थापाले राजीनामा दिएका थिए ।

निर्वाचनमा पराजय भोगेका कारण नैतिकता देखाउँदै उनले राजीनामा दिएको उल्लेख गरेका थिए ।

तर गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो ।

अब बस्ने बैठक थापाकै सभापतित्वमा बस्ने दुलालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्