०३ साउन २०८३, आइतबार

कांग्रेस बैठक आज पनि बस्दै

चैत ११, २०८२
काठमाडौं
कांग्रेस बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। मंगलबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

मंगलबारदेखि सुरु भएको बैठकमा समसामयिक विषय, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका र केन्द्रीय निर्वाचन समिति गठनलगायतका विषयमा छलफल भइरहेको छ। महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका प्रस्तावमाथि आज पनि छलफल जारी रहनेछ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन्। प्रस्तावित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि मसान्तसम्म क्रियाशील सदस्यता फारम वितरण, वैशाख महिनाभर सदस्यता अद्यावधिक, जेठमा विवरण संकलन र छानबिन, तथा असार १५ गतेसम्म केन्द्रबाट अन्तिम टुंगो लगाउने व्यवस्था गरिएको छ।

कार्यतालिका वर्षायाममा परेको भन्दै पार्टीभित्रै आलोचना सुरु भएको छ। बैठकमा अन्य संगठनात्मक विषय, प्रदेश र स्थानीय तहको समीक्षा, भ्रातृ तथा शुभेच्छुक संस्थासम्बन्धी विषय र केन्द्रीय लेखा समितिसम्बन्धी प्रस्ताव पनि छलफलमा छन्।

salt training

कमेन्ट गर्नुहोस्