०३ साउन २०८३, आइतबार

सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

चैत १३, २०८२
काठमाडौं
सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुनको भाउ तोलामा चार हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी पनि १५० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६७० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो । 

गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्