
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई सिध्याउने योजनाअनुसार नै सबै प्रयोग भएको आरोप लगाएका छन् ।
पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको असन्तुष्ट पक्षको भेलामा बोल्दै शेखरले बुधबार यस्तो बताएका हुन् ।
धुम्बाराहीमा भएको भेलामा उनले पार्टी विवाद समाधानका लागि सहमति गर्न सकिने भए पनि झुकेर सहमति नहुने बताए ।
देशमा अहिले 'नियन्त्रित लोकतन्त्र'को अभ्यास हुन खोजेको पनि बताए ।
विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएदेखि नै शेखर असन्तुष्ट रहँदै आएका छन् ।
यद्यपि उनी गगनकै हस्ताक्षर भएको टिकट लिएर चुनावी मैदानमा उत्रिएका थिए ।