
नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् ।
रुपन्देहीको भैरहवामा शनिबार सम्पन्न महासंघको ८ औं प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले कूल खसेको १०२ मतमध्ये ९६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी जमसेर अलि मियाले जम्मा ६ मत मात्र प्राप्त गरे । श्रेष्ठ सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।
जिल्ला/नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी, एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने, सदस्यमा बर्दियाबाट बद्रीनाथ बराल, प्युठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित भएका छन ।
यस्तै, एसोसिएट सदस्यहरूमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
११ सदस्यीय समितिमा १ जना महिलासहित २ जना मनोनीत गर्ने प्रावधान छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासंघलाई अझ बलियो बनाउँदै व्यावसायिक हितमा काम गर्दै अघि बढ्ने बताए ।