![यही हो गृहमन्त्री सुदन गुरुङले भाडामा लिएको भनिएको जग्गा [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/POKHARA_PHEWA_LAKE_LAND_Drone_view_5_TSzilfWwEp.jpg)
फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुदन गुरुङले भाडामा लिएको भनिएको जग्गा चर्चामा आएको छ ।
उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ । संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ ।
स्थानीयहरूका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ, जहाँ पोखरा महानगरपालिकाले हालै गाडेको सीमा स्तम्भसमेत भेटिएको छ ।

महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाएको थियो ।
गृहमन्त्री गुरुङले भने उक्त जग्गाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन् र कानूनी उपचारमा जाने समेत बताएका छन् ।











सबै तस्वीर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी