
सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनकी पूर्वपत्नी एवं पूर्वमिस नेपाल उषा खड्गीको उजुरीपछि अभद्र व्यवहारको आरोपमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
खड्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुरमा उजुरी दिएकी थिइन् ।
उषाले केही अगाडि आफूलाई सुरक्षा चाहिएको सामाजिक सञ्जालमा श्रृंखलाबद्ध स्टाटस लेखेकी थिइन् ।