
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।
लामाले बिहीबार संसद् सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
शुरूमा खुश्बु ओलीको नामबारे चर्चा भएको थियो । अन्तिममा रास्वपाको समर्थन नपाउने तय भएपछि लामालाई अगाडि सारिएको हो ।
रास्वपाले श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।