०१ साउन २०८३, शुक्रबार

गौशालाबाट लागुऔषधसहित २ जना पक्राउ

चैत २७, २०८२
काठमाडौं
गौशालाबाट लागुऔषधसहित २ जना पक्राउ

प्रहरीले गौशालाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३० दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोइन र नगर रु ५७ हजारसहित ‍उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धनुषाको सबैला नगरपालिका २ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दूधौली नगरपालिका ४ का ३२ वर्षीया मीनाकुमारी अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्