०४ साउन २०८३, सोमबार

आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

चैत ३०, २०८२
काठमाडौं
आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

गायिका आशा भोसलेको अन्त्येष्टि आज गरिने भएको छ । दिउँसो ४ बजे मुम्बईको शिवाजी पार्कमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिने दैनिक भास्करले जनाएको छ । 

उनको ९२ वर्षको उमेरमा आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । 

आशालाई शनिबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

भोसले आफ्नो ८२ वर्षको गायन करियरमा नौ फिल्मफेयर पुरस्कारसहित १०० भन्दा बढी पुरस्कार जितिन् । उनलाई भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्मविभूषणले सम्मानित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्