०३ साउन २०८३, आइतबार

ट्रम्प-मोदी ४० मिनेट फोन वार्ता, के भयो कुराकानी ?

बैशाख २, २०८३
काठमाडौं
ट्रम्प-मोदी ४० मिनेट फोन वार्ता, के भयो कुराकानी ?

भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोन वार्ता भएको छ । दुई नेताबीच फोनमा लगभग ४० मिनेट कुरा भएको दैनिक भास्करले जनाएको छ । 

इरान युद्धबारे छलफल गरेका उनीहरूले होर्मुज जलमार्ग खुला रहनु पर्नेमा जोड दिएको समाचारमा उल्लेख छ । 'मलाई मेरो साथी राष्ट्रपति ट्रम्पको फोन आयो । हामीले दुई देशहरूबीच विभिन्न क्षेत्रमा भएको काम र प्रगतिबारे छलफल गर्यौँ,' मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीले यो पनि भन्यौं कि हामी भारत र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई भविष्यमा अझ बलियो बनाउनेछौं।

अमेरिका-इरान युद्धविरामपछि दुई नेताहरूबीचको यो पहिलो कुराकानी थियो । 

आगामी हप्तामा भारत र अमेरिकाबीच ऊर्जासम्बन्धी प्रमुख सम्झौता हुने अपेक्षा गरिएको छ । 

यसअघि, मोदी र ट्रम्पले मार्च २४ मा फोनमा कुराकानी गरेका थिए । त्यो कुराकानीको क्रममा, दुई नेताहरूले मध्य पूर्वको अवस्थाबारे छलफल गरेका थिए । 

पाकिस्तानमा संयुक्त राज्य अमेरिका र इरानबीच भएको अनिर्णीत वार्तापछि अमेरिकाले हर्मुज जलमार्गमा नाकाबन्दी शुरू गरेको छ। हर्मुजले विश्वको ऊर्जा व्यापारको २० प्रतिशत ओगटेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्