०९ साउन २०८३, शनिबार

‘एक माइल, एक दिन, एक विश्व’ नारासहित कोहलपुर माइल दौड असारमा

बैशाख ४, २०८३
काठमाडौं
‘एक माइल, एक दिन, एक विश्व’ नारासहित कोहलपुर माइल दौड असारमा

‘वन ग्लोबल माइल’ अभियानअन्तर्गत आगामी असार २७ गते ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ । हरेक वर्ष जुलाई ११ तारिखमा आयोजना हुने ‘वन ग्लोबल माइल’ विश्वभर रनिङ संस्कृति प्रवर्द्धन गर्ने अभियान हो ।

‘एक माइल, एक दिन, एक विश्व’ नारासहित यो वर्ष एक दर्जनभन्दा बढी देशमा एकैपटक एक माइल दौड आयोजना हुन लागेको हो । यसअन्तर्गत नेपालमा कोहलपुर माइल दौड आयोजना गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

डेढ किलोमिटरको रोड रेस भएकोले यसमा सबै उमेर समूहका धावकले सहभागिता जनाउने पाउने पनि उनले बताए । रेस नेपालको आयोजनामा हुने यो दौडको व्यवस्थापन भने नेपालगञ्ज म्याराथन टिमले गर्ने बताइएको छ ।

वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले यसलाई आधिकारिक रुपमा प्रवर्द्धन गरेको छ । कोहलपुर माइल पनि नेपालगञ्ज म्याराथन सिरिजअन्तर्गत रहने बताइएको छ ।

नेपालगञ्ज म्याराथन सिरिजमा यसअघि नै नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौं २५के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रनलगायतका दौड प्रतियोगिता सञ्चालनमा रहेका छन् ।

वन ग्लोबल माइलमा सहभागी हुन एम्सको आबद्धता अपरिहार्य रहेको एम्सकादूत टीएस ठकुरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्