२५ जेठ २०८३, सोमबार

आईपीएलको इतिहासमा तिलक वर्माको नामसँग जोडियो यो कीर्तिमान

बैशाख ८, २०८३
काठमाडौं
आईपीएलको इतिहासमा तिलक वर्माको नामसँग जोडियो यो कीर्तिमान

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो पछिल्लो खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनको फराकिलो अन्तरले हरायो ।

उक्त खेलमा मुम्बई इन्डियन्सको जितमा तिलक वर्माले शतकीय योगदान गरे । खेलका क्रममा उनले एउटा विशेष कीर्तिमान पनि बनाए । आईपीएलमा यो उनको पहिलो व्यक्तिगत शतक हो ।

उनी आईपीएलको इतिहासमा मुम्बई इन्डियन्सका लागि सबैभन्दा कम बलमा शतक पूरा गर्ने ब्याट्सम्यान पनि बने । उनले केवल ४५ बलमा शतक बनाएका हुन् ।

खेलमा उनले अविजित एक सय एक रन बनाए । वर्माले २२४ भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका हुन् । यसक्रममा उनले सात छक्का र आठ चौका प्रहार गरे ।

यसअघि, मुम्बई इन्डियन्सका लागि सन् २००८ को आईपीएलमा श्रीलंकाली खेलाडी सनथ जयसूर्याले पनि चेन्नई सुपर किङ्सविरुद्ध ४५ बलमै शतक पूरा गरेका थिए ।

अहिले आएर वर्माले सोही कीर्तिमानको बराबरी गरेका हुन् । उनी आईपीएलमा सबैभन्दा कम बलमा शतक पूरा गर्ने मुम्बई इन्डियन्सका एकमात्र भारतीय ब्याट्सम्यान हुन् ।

जारी सिजनको आईपीएलमा पनि वर्मा सबैभन्दा कम बलमा शतक पूरा गर्ने खेलाडी हुन् । जारी आईपीएलमा यसअघि सन्जु सामसनले ५२ बलमा शतक बनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्