०५ साउन २०८३, मंगलबार
संसदीय दलको अनौपचारिक बैठक

कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न आफ्ना सांसदहरूलाई रास्वपाको निर्देशन

बैशाख १६, २०८३
काठमाडौं
कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न आफ्ना सांसदहरूलाई रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई कुनै पनि कागजातमा 'माननीय' शब्द सम्बोधन प्रयोग नगर्न निर्देशन दिएको छ । पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनका अनुसार बैठकले सबै सांसदहरूको लेटर हेड, भिजिटिङ कार्डलगायत आधिकारिक कागजातमा एकरूपता ल्याउन र ती सामग्रीहरूमा 'माननीय' नलेख्न निर्देशन दिएको हो । 

सांसदहरूको कार्यक्षमता अभिवृद्धि गर्न र संसदीय प्रक्रियाबारे अझै धेरै कुरा सिक्न बाँकी रहेको निष्कर्ष निकाल्दै बैठकले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न सुझाव दिएको छ। विज्ञ तथा सल्लाहकारहरूबाट आवश्यक राय-सुझाव लिएर मात्र अगाडि बढ्न सांसदहरूलाई भनिएको छ।

आगामी स्थानीय निर्वाचनका लागि उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्वको तयारीका लागि वैशाख २० गतेदेखि रास्वपाले 'क्यान्डिडेट क्लब'को अभ्यास शुरू गर्ने भएको छ। आगामी निर्वाचनको टिकटका सम्बन्धमा कसैले पनि कतै कुनै प्रतिबद्धता नगर्न कडा निर्देशन दिइएको प्रवक्ता झाले बताए । 

यदि कसैले व्यक्तिगत रूपमा टिकटको आश्वासन दिएको वा त्यस्तो गलत अभ्यास गरेको पाइएमा कारबाहीको भागीदार हुनुपर्ने चेतावनी समेत पार्टीले दिएको छ।

दलको अनौपचारिक बैठक जारी छ । 

यसअघि रास्वपा सांसद विश्वराज पोखरेलले आफूलाई सम्मान नगरेको भन्दै शिक्षकलाई थर्काएको भिडियो भाइरल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्