३२ असार २०८३, बिहीबार

सरकार फेरियो अब सार्वजनिक सेवाको संस्कार फेरिनु पर्छ : रवि लामिछाने

बैशाख १६, २०८३
काठमाडौं
सरकार फेरियो अब सार्वजनिक सेवाको संस्कार फेरिनु पर्छ : रवि लामिछाने
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार फेरिएकाले अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिनु पर्ने बताएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकमा सुझाव र निर्देशन दिँदै सभापति लामिछानेले सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक रहेको बताएका हुन् । 'सरकार फेरियो, अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ। यो अबको महत्त्वपूर्ण प्राथमिकता हो,' उनले भने ।

सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्ने भन्दै उनले प्राथमिकता कानून बनाउने विषयलाई राख्न भनेका छन् । 'सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ, तर प्रमुख प्राथमिकता भनेको कानून बनाउने हो । त्यो क्रममा आफैं कानून बन्न खोज्ने हैन,' उनले भने ।

यसैगरी, उनले मालिक बन्न खोज्नेहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टी उपयुक्त नहुने बताए । रास्वपा सेवक र सहजकर्ताहरूका रहेको उनले स्पष्ट पारेका छन् । 'मालिक बन्न खोज्नेका लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्