०३ साउन २०८३, आइतबार

अध्यादेशबाट शासन चलाउन पाइँदैन भनेर नारा लगाउँदिन– गगन थापा

बैशाख १८, २०८३
काठमाडौं
अध्यादेशबाट शासन चलाउन पाइँदैन भनेर नारा लगाउँदिन– गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका सभापति गगन थापाले कामलाई प्रभावकारी बनाउन सरकारले अध्यादेश ल्याउन पाउने भए पनि त्यसको आधार चाहिने बताएका छन् । बहुमत छ भन्दैमा सरकारले मनलाग्दी कानून ल्याउन भने नपाउने उनले बताए ।

ट्रेड युनियन कांग्रेसले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले सरकारले अध्यादेशबाट शासन गर्न पाउँदैन भनेर नारा नलगाउने बताएका हुन् । 'सरकारले अध्यादेश ल्याउन पाउँदैन ? पाउँछ । सरकारले अध्यादेशबाट शासन गर्न पाइँदैन भनेर नारा लगाउँदिन । हिजो हामीले पनि ल्याएको हो, संविधानले त्यो अधिकार दिएको छ,' सभापति थापाले भने, 'कहिलेकाहीँ कार्यकारीले सरकारको काम प्रभावकारी बनाउन आवश्यकताअनुसार अध्यादेश ल्याउँछ, गर्छ, तर त्यसको पनि आधार हुन्छ ।'

सरकारले अहिले संवैधानिक परिषद्को बनोट फेर्न ल्याएको अध्यादेश भने आवश्यक नरहेको उनले बताए । 'अहिले सरकारले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद् भनेको राज्य हो, जहाँ माथिल्लो सदन र विपक्षी दलको समेत प्रतिनिधित्व हुन्छ,' थापाले भने, 'यसको बनोट फेर्नका लागि, यसअघिको सरकारले जस्तै गडबडी गर्ने कुरा ठीक छैन ।'

रास्वपासँग बहुमत छ भन्दैमा उसले जस्तोसुकै कानून ल्याउन नपाउने उनले बताए । 'नयाँ काम गर्न भनेर आएको सरकार हो नि ! म ठोकिदिन्छु, हानिदिन्छु भन्ने ? मलाई चिन्ता लागेको छ, जसरी काम भएको छ, यसले ठीक ठाउँमा लैजाँदैन,' थापाले भने ।

salt training

कमेन्ट गर्नुहोस्