०३ साउन २०८३, आइतबार
सुकुम्वासी बस्ती हटाउने अभियान

बल्खु र शंखमुलपछि स्वयम्भू, धोबिखोला र बालाजु-माछापोखरीमा पनि चल्यो डोजर [तस्वीरहरू]

बैशाख १९, २०८३
काठमाडौं
बल्खु र शंखमुलपछि स्वयम्भू, धोबिखोला र बालाजु-माछापोखरीमा पनि चल्यो डोजर [तस्वीरहरू]

सरकारले सार्वजनिक जग्गा र नदी किनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने अभियानलाई निकै आक्रामक रूपमा अगाडि बढाएको छ । पछिल्लो २४ घण्टामा महानगरले स्वयम्भू, धोबीखोला करिडोर, बालाजु र माछापोखरी लगायतका क्षेत्रमा डोजर चलाएर संरचना भत्काउन शुरू गरेको छ।

अतिक्रमित जग्गामा बनेका संरचना हटाउने क्रममा शनिबार बिहान स्वयम्भू क्षेत्रमा डोजर चलेको छ । यता धोबीखोला करिडोर आसपासका क्षेत्रमा पनि डोजर चल्न थालेको छ । 

धोबीखोला करिडोर क्षेत्रमा डोजर आउने सूचनापछि स्थानीयले आफ्नो घरको बाहिरी भित्तामै 'जग्गाधनी प्रमाण पुर्जा' (लालपुर्जा) को फोटोकपी टाँसेका छन् । 

महानगरले आजै बालाजु र माछापोखरी क्षेत्रका नदी किनारमा बनेका संरचनाहरूमा पनि डोजर चलाएको छ । यसअघि हिजो मात्रै बल्खु, वंशीघाट र शंखमुल क्षेत्रका विभिन्न अतिक्रमित संरचनाहरू हटाइएको थियो।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

तस्वीर : नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्