०५ साउन २०८३, मंगलबार

राष्ट्रपति पौडेलले जारी गरे थप ३ वटा अध्यादेश

बैशाख १९, २०८३
काठमाडौं
राष्ट्रपति पौडेलले जारी गरे थप ३ वटा अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले थप ३ वटा अध्यादेश जारी गरेका छन् । ​​

राष्ट्रपति पौडेलले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा ती अध्यादेशहरू जारी गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि उनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश गरेका थिए ।

null

 

 

salt training

कमेन्ट गर्नुहोस्