०५ साउन २०८३, मंगलबार

प्रदूषण न्यूनीकरणका लागि अब सवारीसाधनको नियमित जाँच गरिने

बैशाख २७, २०८३
काठमाडौं
प्रदूषण न्यूनीकरणका लागि अब सवारीसाधनको नियमित जाँच गरिने

काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचलाई तीव्रता दिएको छ ।

विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारीसाधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो ।

उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारीसाधनले तोकिएको मापदण्ड पालना गरे/नगरेको यकिन गर्न यो अभियान सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई प्रहरीले तत्कालै कानुनअनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ ।

मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्ने भएकाले जरिवानासहित कारबाही प्रक्रिया अघि बढाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्