२२ असार २०८३, सोमबार
संसद सुचारु

प्रधानमन्त्री नआई सुचारु भयो संसद्, नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

बैशाख ३१, २०८३
काठमाडौं
प्रधानमन्त्री नआई सुचारु भयो संसद्, नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

संसद्मा प्रधानमन्त्री उपस्थित भएर सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलको अवरोधका कारण बुधवार स्थगित प्रतिनिधि सभा बैठक सुचारु भएको छ ।

बिहीबार प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो ।

प्रधानमन्त्री उपस्थित नहुँदासम्म संसद् चल्न नदिने बताएका विपक्षी मत्थर भएसँगै नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको हो ।

संसद् सुचारु भएपछि नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सरकारका नीति तथा कार्यक्रममाथि संशोधन पेश गरेका छन् ।

विपक्षी सांसदका ३० वटा संशोधन रहेका छन् । संशोधनकर्ता सांसदलाई ५ मिनेटको समय दिइएको छ ।

त्यसपछि सरकारका नीति तथा कार्यक्रममा छलफल हुने र सरकारको तर्फबाट जवाफ दिने संसदको कार्यसूची छ । बिहीबारकै बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्