
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने आदेश समेत गरेको छ ।
पाण्डेकी पत्नी निरू दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले उक्त आदेश गरेको हो ।
पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार पक्राउ गरेको थियो ।