०५ साउन २०८३, मंगलबार

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

बैशाख ३१, २०८३
काठमाडौं
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

 प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका छन् । 

अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गरेको सो प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सवल बनाउँदै परिणामुखी बनाउने विषयहरू समावेश रहेका छन् । सो प्रस्तावमा पाँच सिद्धान्त र पाँच प्राथमिकता रहेको छ ।

विनियोजन विधेयकका पाँच सिद्धान्तमा नागरिकको अनुभूत गर्नेगरी सुशासनको लाभांश, सार्वजनिक सम्पतिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनःसंरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार र सौम्य शक्तिको सृदृढीकरण रहेका छन् ।

यसैगरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनःप्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तरराष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन् । अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागु गर्ने पनि घोषणा गरे ।

अर्थमन्त्री डा वाग्लेले आजै सो प्रस्ताव राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरेका थिए । 

कमेन्ट गर्नुहोस्