२२ जेठ २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकका सीईओ मानन्धरद्वारा पदभार ग्रहण

जेठ १, २०८३
काठमाडौं
मुक्तिनाथ विकास बैंकका सीईओ मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् ।

उनले शुक्रबार बैंकको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् । 

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानिने मानन्धरले विभिन्न वाणिज्य बैंकको उच्च कार्यकारी भूमिका निर्वाह गरिसकेकी छन् ।

उनले पछिल्लो समय डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिरहेका थिए । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको उच्च मनोबल तथा सरोकारवालाले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगमी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्