
नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहमा कार्यरत १४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार विभिन्न विधाका प्राविधिक अधिकृतहरूको बढुवा सूची सार्वजनिक गरेको हो।
सिफारिस सूचीअनुसार इन्जिनियरिङतर्फ सञ्चारका ४ जना, सूचना प्रविधिका ३ जना, आवास तथा भौतिकका २ जना र संगीत उप-समूहका १ जना गरी १० जना रहेका छन्। यस्तै, स्वास्थ्य (नर्सिङ) तर्फ २ जना, विधि विज्ञान (फरेन्सिक) तर्फ १ जना र केनाइन (कुुकुर सेवा) तर्फ १ जना गरी कुल १४ जना वरिष्ठ सईहरू इन्स्पेक्टरका लागि सिफारिस भएका हुन्।
प्रहरी नियमावली २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम सिफारिस गरिएको समितिका सदस्य-सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिए ।