२८ असार २०८३, आइतबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जेठ १५, २०८३
काठमाडौं
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार  ६०० र चाँदी १७५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ४० कायम भएको छ । 

बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८६५ कायम भएको थियो ।

 गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ८० मा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्