०२ साउन २०८३, शनिबार

‘मध्य मधेश चतुर्भुज क्वाड्रेङ्गल’ निर्माण गर्ने घोषणा

जेठ १५, २०८३
काठमाडौं
‘मध्य मधेश चतुर्भुज क्वाड्रेङ्गल’ निर्माण गर्ने घोषणा

सरकारले सुनकोशी–मरिन डाइभर्सन आयोजनाबाट सिञ्चित हुने १ लाख २२ हजार हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाएर ‘मध्य मधेश चतुर्भुज क्वाड्रेङ्गल’ निर्माण गर्ने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्ग विस्तारको काम सम्पन्न भएपछि कृषि र उद्योगलाई केन्द्रित गर्दै उक्त अवधारणा कार्यान्वयनमा ल्याइने जानकारी दिएका हुन्।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाबाट लाभान्वित हुने क्षेत्रलाई कृषि उत्पादन तथा औद्योगिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको वाग्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्