३१ जेठ २०८३, आइतबार

ट्राफिक कारबाहीमा २४ घण्टामै ६ लाख ४४ हजार राजस्व संकलन

जेठ १६, २०८३
काठमाडौं
ट्राफिक कारबाहीमा २४ घण्टामै ६ लाख ४४ हजार राजस्व संकलन
फाइल तस्वीर

बितेको २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा छ लाख ४४ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३७ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ८९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने ९१ र अन्य सवारी नियम पालना नगरेका ८०० जनालाई कारबाही गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्