३१ असार २०८३, बुधबार

जनतामा नैराश्यता र राज्य संकटमा छ, संविधान र लोकतन्त्र जोगाउन सबै दल मिलौं– अमरेशकुमार सिंह

असार ३०, २०८३
काठमाडौं
जनतामा नैराश्यता र राज्य संकटमा छ, संविधान र लोकतन्त्र जोगाउन सबै दल मिलौं– अमरेशकुमार सिंह
फाइल तस्वीर

सत्तारूढ रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्‌मा उपस्थित सबै दललाई एकजुट बनाउन सरकारलाई आग्रह गरे । 

राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ । राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने भन्दै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न उनले आग्रह गरे ।

‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भनेका छन् । ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्‌बाट नगरौं । संसद्‌मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी यसलाई घोचपेचको विषय नबनाऔं,' उनले भने, 'राज्य र जनता रह्यो भने फेरि राजनीति गरौंला । जनता र लोकतन्त्र समाप्त रह्यो भने हामी कोही नरहौंला । आज देशमाथि संकट छ । संसद्‌मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ ।'


 

salt training

कमेन्ट गर्नुहोस्