×

NMB BANK
NIC ASIA

यी दुई कारण, जसले 'अप्रत्यासित' राजधानी तोकिँदा पनि शान्त छ ३ नं. प्रदेश

माघ ४, २०७४

NTC
Premier Steels

काठमाडौं,४ माघ- 'दिउँसो २/३ बजेसम्म पनि भक्तपुर वा ललितपुरलाई राजधानी तोकिँदै छ भनेर हामीलाई सूचना आइरहेको थियो, केहीले उपप्रधानमन्त्रीज्यू (कमल थापा) ले एक्लै भए पनि हेटौंडा लैजान्छु भन्नुभएको छ विचार गर्नुस् है भनेका हुन्, तर हामीले राजधानी हेटौंडा तोकिएला भन्ने कल्पनै गरेनौँ,' प्रदेश राजधानी तोक्ने सरकारको निर्णयबारे प्रतिक्रिया माग्दा भक्तपुर- २ बाट निर्वाचित सांसद एवम् एमाले नेता महेश बस्नेतले भने।

Muktinath Bank

कल्पनै नगरिएको निर्णय भएकाले तत्काल संगठितरुपमा विरोध जनाउन नसकिएको उनको संकेत थियो । बिहीबार बिहान जिल्लास्थित सबै सरोकारवालासँग छलफल गरेर विरोधका कार्यक्रम तय गरिएको बस्नेतले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस्नेतजस्तै माओवादी नेता एवम् ललितपुर क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य राजकाजी महर्जनले पनि आफूहरु कसरी विरोध जनाउने भन्नेमा छलफलमै रहेको बताए । बिहीबार मध्याह्न सम्पर्क गर्दा उनी यसैबारे छलफलमा थिए ।


Advertisment
Nabil box
Kumari

अझ कांग्रेस काभ्रेका सभापति मधु आचार्यले त बैठक बस्नै बाँकी रहेको बताए । यद्यपि यो अस्थायी राजधानी भएकाले तत्काल आन्दोलनजस्ता अप्रिय निर्णय नलिने उनको भनाइ छ ।  

Vianet communication

प्रदेश नम्बर ३ को राजधानीका रुपमा भक्तपुर, काभ्रे र ललितपुरको चर्चा थियो । तर, सरकारले अप्रत्यासितरुपमा हेटौँडालाई राजधानी तोक्यो । उपत्यका वा आसपासमै राजधानी तोकिन्छ भन्नेमा ढुक्क रहेकाले कसैले पनि विरोधको योजना बनाउनै भ्याएनन् । जवकि, १ नम्बर प्रदेशमा घनकुटा र विराटनगर, ५ नम्बरमा बुटवल र दाङ तथा ७ नम्बरमा धनकुटा र दिपायल खुशीयाली मनाउने वा विरोध प्रदर्शन जे गर्नुपरेमा पनि तयारी अवस्थामै थिए ।

यही मुख्य कारण हो, जसले अप्रत्यासित निर्णयका बावजुद् पनि प्रदेश नम्बर ३ मा तत्काल चर्को विरोध प्रदर्शन भएन । जुन कुरामा बस्नेत पनि सहमत छन् । 'आज (बिहीबार) हामीले जिल्लास्थिति राजनीतिक दल, नागरिक समाज, उद्योगी/व्यवसायीसँग छलफल गर्‍यौँ, आजैबाट विरोध प्रदर्शन गर्दैछौँ ।'

सहजै दुई तिहाइ पुर्‍याउन सकिने विश्वास

अप्रत्यासित निर्णयको झण्डै २४ घण्टासम्म प्रदेश ३ शान्त रहनुको अर्को कारण दुई तिहाइ बहुमत पुर्‍याएर सहजै स्थायी राजधानी आफूले चाहेको ठाउँमा ल्याउन सकिन्छ भन्ने आत्मविश्वास पनि हो ।

त्यस्तो आत्मविश्वास बस्नेत, आचार्य र महर्जन तीनैजनाको प्रतिक्रियामा झल्किन्छ । 'सबैलाई पायक पर्ने हिसाबले पनि उपत्यका वा आसपासमै हुनुपर्छ भन्ने हो, सर्वमान्य मापदण्ड र विधिविपरीत हेटौंडा लगिएको छ,' महर्जनले भने, 'यद्यपि यो अस्थायी हो,  फिर्ता ल्याउन सकिन्न भन्ने नै होइन, हामी सहजै दुई तिहाइले राजधानी तोक्न सक्छौँ ।'

आचार्यले त आफू शतप्रतिशत ढुक्क रहेको बताए । 'काभ्रेलाई स्थायी राजधानी बनाउन सकिन्छ भन्नेमा म त शतप्रतिशत विश्वस्त छु,' आचार्यले भने, 'काठमाडौं मुलुकको राजधानी हो । संघीयताको मर्मअनुसार जाने हो भने पनि यहाँबाट केही बाहिर जानुपर्छ, अहिले राजधानी तोकिएको हेटौँडालाई समेत काभ्रे पायक पर्छ, सबैका लागि काभ्रे उपर्युक्त छ ।'

आचार्य र महर्जनको भनाइमा विश्वास गर्न सकिने एउटा आधार के पनि हो भने,  अधिकांश प्रदेश सांसद उपत्यका र त्यसआसपासकै छन् । यो क्षेत्र पायकका हिसाबले पनि सबैलाई उपर्युक्त हुनसक्छ ।

अझ बस्नेत त एककदम अघि बढेर अस्थायी राजधानीसमेत फिर्ता ल्याउने जिकिर गर्छन् ।

'सरकारले अस्थायी राजधानी तोकेपछि हामीले अन्य जिल्लाका साथीहरुसँग पनि कुरा गर्यौँ, सबैजना भक्तपुरप्रति सकारात्मक हुनुहुन्छ,' बस्नेतले लोकान्तरसँग भने, 'स्थायी राजधानी यहाँ ल्याउन सक्नेमा त कुनै शंका नै छैन, तत्काल अस्थायी राजधानीसमेत भक्तपुरमै ल्याउँछौँ।'

तीनैजना नेता तत्काल अन्य प्रदेशमा जस्तो चर्को आन्दोलन गर्ने मनस्थितिमा छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x