×

NMB BANK
NIC ASIA

यसपटक 'भ्यालेन्टाइन'मा प्रेमिकालाई दिनुस् आफ्नै हातले टिपेको गुलाफ

माघ २३, २०७४

NTC
Premier Steels

काठमाडौं, २३ माघ- ‘भ्यालेन्टाईन डे’ अर्थात् १४ फेब्रुअरी नजिकिँदै छ । मनै लोभ्याउने गुलाफको फूल दिएर प्रेमी/प्रेमिकालाई प्रभावित पार्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने इन्द्रायणी जानुस्, जहाँ मनै लोभ्याउने गुलाफका फूलहरुले तपाईंको प्रतिक्षा गरिरहेका छन् ।

Muktinath Bank

काठमाडौंको शंखरापुर नगरपालिकास्थित इन्द्रायणीमा १५ रोपनी जग्गामा करिब ५० हजार बोटमा सुगन्धित गुलाफ फुलेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ग्रीन हाउस’भित्र लहरै रहेका गुलाफले तपाईंको मनमा रहेको प्रेमलाई अझै जागृत गराउने छन् । तपाईंको प्रिय व्यक्तिलाई आफ्नो प्रेमभाव व्यक्त गर्न यसले साथ दिनेछ । त्यहाँबाट तपाईंले चाहेजति गुलाफ आफ्नै हातले टिपेर प्रेमी/प्रेमिकालाई दिनसक्नुहुन्छ ।


Advertisment
Nabil box
Kumari

.................

Vianet communication

नेपालको मौलिक संस्कृतिअन्तर्गत नपरे पनि फेब्रुअरी महिनालाई आजभोलि ‘प्रेमको मौसम’ भन्न थालिएको छ । हरेक फेब्रुअरी १४ तारिखका दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ मनाइन्छ । गुलाफलाई प्रेमको प्रतिक मानिने हुँदा यो दिन यसको महत्त्व विशेष हुन्छ ।

प्रेम दिवस नजिकिँदै गर्दा सामाजिक सञ्जाल र युवा जमघटमा यसको प्रभाव देखिन थालिसकेको छ ।

रोमन साम्राज्यमा भ्यालेन्टाइन नामका एक पादरीले राजाको निर्देशनको अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेर विवाहसमेत गराए । त्यो कुरा शासकहरुलाई मन परेन, र उनलाई मृत्युदण्ड दिइयो । तिनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष प्रेम दिवस मनाउने गरिन्छ ।

.................

नेपालमा पनि पछिल्लो समय प्रेम दिवस मनाउनेहरु निकै बढेका छन् । त्यसैले प्रेमजोडीको हातहातमा गुलाफ पुर्‍याउने अभियानमा छन्, पुष्प व्यवसायी सञ्जिव कार्की । उनी अहिले आफ्नो बारीमा फुलेका गुलाफलाई बजारमा पुर्‍याउने तरखरमा छन् ।

‘अब एक सातामा ‘भ्यालेन्टाइन डे’ आउँदै छ, त्यसैले गुलाफहरु बजारमा पठाउने तयारी गर्दैछौँ,’ कार्कीले लोकान्तरसँग भने ।

उनले वाग्मती फ्लोरा प्रा.लि. स्थापना गरी इन्द्रायणीको १५ रोपनी जग्गामा ५० हजार गुलाफको बिरुवा रोपेका थिए । गुलाफको खपत बाह्रै महिना हुने भए पनि उनको ध्यान भ्यालेन्टाइनमा बढी केन्द्रित छ । फेब्रुअरीको पहिलो २ साता गुलाफ निकै खपत हुने गरेको कार्की बताउँछन् ।

‘हाम्रो उत्पादन बाह्रै महिना हो । ‘भ्यालेन्टाइन डे’का कारण ३० जनावरीदेखि १४ फेब्रुअरीसम्ममा बढी नै माग हुन्छ । त्यसैले यो समयमा कटिङ र प्याकिङको काममा अलि व्यस्त हुनुपर्छ,’ कार्कीले भने, ‘एकदिनका लागि मात्रै बढी माग हुने भएकाले हामीले मागअनुसार गुलाफ बजारमा पठाउन सक्दैनौँ ।’

कार्कीले ३० वर्ष अघिदेखि गुलाफको व्यवसायकि खेती गर्दै आएका छन् । विवाहसहित विभिन्न उत्सवहरूमा गुलाफको प्रयोग हुने गरेको छ । फेब्रुअरीमा भने ‘भ्यालेन्टाइन डे’ले नै अन्य उत्सवहरुलाई गुलाफ खपतको हिसाबले छायामा पार्ने गरेको छ ।

‘अन्य समयमा एउटा गुलाफको १२ देखि १५ रुपैयाँसम्म मूल्य पाइन्छ, यो १५ दिनको अवधिमा भने हामीले दोब्बर रकम पाउँछौँ,’ उनले भने, ‘बजारमा माग बढी हुने हुँदा मूल्य पनि बढी हुने हो, यसलाई मैले बोनस रकम पाउने समयका रूपमा हेर्ने गरेको छु ।’

तर यसवर्ष सोचेअनुसारको उत्पादन नहुँदा कार्की चिन्तित छन् । चिसोको समयमा गुलाफ उत्पादन कम हुन्छ, अहिलेसम्म चिसो कायम रहेकाले त्यसको प्रभाव उत्पादनमा परेको उनले बताए ।

गतवर्ष ‘भ्यालेन्टाइन डे’का लागि १५ हजार गुलाफ बजारमा पठाएका कार्कीले यसवर्ष १० हजार मात्र पठाउँदैछन् । ‘यसवर्ष चिसो अझै कायम छ, त्यसैले राम्रो उत्पादन हुन सकेन,’ कार्कीले भने, ‘सायद यो सातामा १० हजार गुलाफ मात्रै बजार पठाउन सकिन्छ ।’

शुरुमा नेदरल्याण्डबाट गुलाफका बिरुवा ल्याएर व्यवसायिक खेती थालेका कर्कीले यसबाट वार्षिक करिब ५० लाख कमाउँछन् । उनले ९ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन् ।

कार्कीजस्तै अन्य केही नेपालीले पनि गुलाफ खेती गरिरहेका छन्, तर त्यसले नेपालको बजार माग धान्न सकेको छैन ।

अघिल्लो वर्ष नेपालमा ‘भ्यालेन्टाइन डे’का लागि मात्रै ५० लाखको गुलाफ विदेशबाट आयात भएको थियो ।

नेपाललाई गुलाफमा आत्मनिर्भर बनाउन अन्य ठाउँमा पनि यसको व्यवसायिक खेती जरुरी रहेको कार्कीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x