×

NMB BANK
NIC ASIA

काठमाडौं, ७ फागुन-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभित्र रोजगारीको सम्भावना खोज्न लागिपर्ने बताएका छन् । साथै वैदेशिक रोजगारीमा गएका युवायुवतीको हितमा प्रभावकारी कदम चाल्ने कुरामा पनि जोड दिने उनको भनाइ छ ।

Muktinath Bank

मंगलबार श्रम मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसंगको भेटमा उनले सो कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले प्रारम्भिक तथ्याङ्क संकलन गरिरहेको भन्दै मन्त्री विष्टले छिट्टै परिपक्व धारणासहित अराजकता अन्त्यमा लागिपर्ने बताए । जनताले छिट्टै फरक अनुभूति गर्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

साथै मन्त्री विष्टले नातापाता वा पार्टीसंग सम्बन्धित भएको आधारमा कसैलाई कुनै छुट नदिइने बताए । अझ एमालेको नाममा बदमासी गर्नेलाई छाड्दै नछाड्ने उनको भनाइ छ ।

Vianet communication

देशभित्रै रोजगारी सिर्जनामा जोड दिने, विदेश गएका र जान चाहनेहरूका लागि प्रभावकारी नीति निर्माण गरेर कार्यान्वयन गर्ने र श्रमिकहरूको सामाजिक सुरक्षामा जोड दिने आफ्नो मुख्य ३ प्राथमिकता भएको मन्त्री विष्टको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएर दुःख पाएकाहरूको उद्धार र राहतमा परराष्ट्र मन्त्रालय, कुटनीतिक निकाय, श्रम मन्त्रालय र श्रम विभागबीच प्रभावकारी समन्वयमा आफ्नो जोड रहनेसमेत उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x