×

NMB BANK
NIC ASIA

कुवेत पठाउने भन्दै रामेश्वरको ठगी धन्दा, ५ सय युवासँग साढे दुई करोड उठाए

चैत ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ चैत– आकर्षक तलब सुविधासहित कुवेत पठाउने भन्दै नेपाली युवासँग २० देखि ६० हजारसम्म असुल्ने एक म्यानपावर व्यवसायीलाई पीडितहरुले बुधबार वैदेशिक रोजगार विभागको कार्यालयमा थुने । 

Muktinath Bank

करीब डेढ सयको संख्यामा रहेका युवाहरुले विभागको कार्यालय बुद्धनगरमा बजाज ओभरसिजको सञ्चालक बताउने रामेश्वर सिंहलाई थुनेका थिए । पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरिय प्रहरी वृत्त वानेश्वर लगिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामसिंह, प्रेमसिंह त कहिले रामेश्वर नाम बताउने उनले कुवेतको ग्लोबल एक्सल कम्पनीमा २ सय केडी(करीब ५५ हजार नेपाली रुपैयाँ) तलबसहित काममा पठाउने भन्दै करिब ५ सय नेपाली युवाबाट पैसा असुलेका थिए । 
उनीमाथि दुई करोड ३० लाख भन्दा बढीको ठगीको आरोप लागेको छ । 


Advertisment
Nabil box
Kumari

नक्कली भिसा देखाएर ठगी

Vianet communication
Laxmi Bank

वैदेशिक रोजगारीमा जान चाहने युवासँग रामेश्वर सिंहले फर्जी कागजपत्र देखाएर ठगी गर्ने गरेका थिए । 

कुवेतको ग्लोबल एक्सल कम्पनिमा मासिक २०० दिनार तलब हुन्छ भन्दै फर्जी कागज पत्र बनाएर त्यहाँ जान चाहनेहरुसँग ६० हजारसम्म उनले लिने गरेको आरोप पीडित युवाहरुको छ । 

उनको म्यानपावर कम्पनि ‘बजाज ओभरसिज’ को सम्बन्धन करिब दुई वर्ष अघि नै वैदेशिक रोजगार कार्यालयले खारेज गरेको भएपनि उनले युवालाई विदेश पठाउने भन्दै रकम अशुल गर्ने गरेका थिए । फरक फरक नाम र फरक फरक मोबाइल नम्बर युवाहरुलाई उपलव्ध गराउने उनलाई भेट्टाउन नै मुस्किल हुने गरेको पीडितहरुले बताए । 

कुवेत जानेहरुलाई रामेश्वरले ड्राइभर, सेक्युरिटी गार्ड र अन्य ठाउँहरुमा आकर्षक काम लगाईदिने भन्दै त्यसैसँग सम्बन्धित फर्जी कागजपत्र बनाउने गरेका थिए । भिसा पाएको सात महिनासम्म पनि आज–भोलि भनेर उनले युवाहरुलाई झुलाउन नछोडेपछि पीडितहरु एकजुट भएका थिए । 

प्रहरी र वैदेशिक रोजगार विभागका कर्मचारीहरुको रोहवरमा उनलाई बिहीबार सोधपुछ शाखामा राखिएको थियो । 

पाँच सय भन्दा धेरै पीडित

वैदेशिक रोजगार विभागमा डेढ सय पीडित जम्मा भएका भए पनि वास्तविक पीडितहरु पाँच सय भन्दा बढी हुन सक्ने कुरा वैदेशिक रोजगार बिभाग राहत तथा उद्दार शाखा निर्देशक शशी कुमार लम्सालले लोकान्तरलाई बताए ।

आफ्नो पैसा र पासपोर्ट फिर्ता नपाएसम्म पीडकलाई विभागबाट बाहिर निस्कन नदिने पीडितहरुले बताएपनि बिहीवार साँझ रामेश्वरलाइ तिनकुने प्रहरी वृत्त लगिएका थियो । तिनकुने प्रहरीले उनलाई ठगीको आरोपमा नियन्त्रणमा लिएपनि बाँकी कारवाही भने वैदेशिक रोजगार विभागले नै गर्ने जानकारी दियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x